महिलाले एकै पटकमा जन्माइन् पाँच बच्चा

एजेन्सी– पछिल्लो समय विश्वमा एकै महिलाले एकै पटकमा पाँच भन्दा बढी बच्चा जन्माएका समाचार आइरहेका छन् । एउटा यस्तै खबर आएको छ, भारतको राजस्थानमा । 

राजस्थानको जयपुर अस्पतालमा एक महिलाले शनिबार एक साथ पाँच बच्चा जन्माएकी हुन् । तर, यीमध्ये एक बच्चा मृत जन्मिएको थियो । अर्को एक बच्चाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ । अन्य तीन बच्चाको स्वास्थ्य भने निकै राम्रो रहेको छ । 

एकै पटकमा पाँच बच्चाको जन्म २५ वर्षकी रुक्सानाले दिएकी हुन् । उनले यसरी जन्माएका बच्चामा दुई छोरा र दुई छोरी छन् । मृतक बच्चा छोरा थिए । अन्य शिशूलाई अस्पतालमा नै राखिएको छ । 

चिकित्सकले यसलाई दुर्लभ घटना भएको बताएका छन् । त्यसो त यसअघि विश्वमा एकैपटकमा नौ बच्चासम्म जन्मिएका घटना छन् ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १७:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया