तबुस्सम फातिमा हाशमी
यो लहरमा पहिलो नाम फातिमाको छ । फातिमा अर्थात् तब्बु । उनको जन्म ४ नोभेम्बर १९७१ मा भएको हो । भारतको आन्ध्र प्रदेश अन्तर्गत हैदराबादमा यी अभिनेत्री जन्मिन् । १९९४ मा फिल्म ‘विजयपथ’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी फातिमा आजपनि फिल्ममा देखिन्छिन् । फातिमा केही समयअघि मात्र फिल्म ‘गोलमाल अगेन’मा देखिएकी थिइन् ।
उनी आफ्नो २५ बर्षीय फिल्मी करियरमा अहिलेसम्म २२ फिल्ममा अभिनय गरिसकेकी छिन् । यही वर्ष उनलाई ‘मिसिङ’मा पनि देख्न सकिनेछ । तर, सोच्नुपर्ने कुरा के भने फातिमा ४६ वर्षकी हुँदा पनि अहिलेसम्म बिहे गरेकी छैनिन् । यद्यपि उनको नाम साउथ फिल्म अभिनेता नागार्जुनसँग पनि एकपटक नाम जोडिएको थियो ।
सुष्मिता सेन
यी पूर्व विश्व सुन्दरी हुन् । सेनले १९९६ मा फिल्म ‘दस्तक’बाट डेब्यु गरिन् । उनको २२ वर्षे बलिउड यात्रामा ३५ फिल्ममा अभिनय गरिन् । सेनको जन्म हैदराबादमै १९ नोभेम्बर १९७५ मा भएको हो । हिसाब गर्दा उनको उमेर ४२ हुन आउँछ । उनको नाम पाकिस्तानी क्रिकेटर वसिम अकरमसँग जोडिएको थियो कुनैबेला ।
अमिषा पटेल
सन् २००० मा मेगा ब्लकबस्टर रोमान्टिक फिल्म ‘कहो ना प्यार है’बाट अमिषाले बलिउडमा कदम राखिन् । त्यसपछि उनी तेलगु फिल्म ‘बद्री’ मा देखिइन् । फिल्मकै क्रममा अमिषाको अर्को फिल्म थियो, गदर । यो फिल्म पनि मेगा ब्लकबस्टर नै रह्यो । अमिषाले बलिउड सँगसँगै तेलगु र तमिल फिल्ममा पनि काम गरिरहिन् । मुम्बइ, ९ जुन १९७५ मा यिनको जन्म भएको हो ।
१८ बर्षको फिल्मी करियरमा अमिषाले ३३ फिल्ममा अभिनय गरिसकिन् । यसै वर्ष उनका दुई फिल्म ‘भैया जी सुपरहिट’ र ‘देशी म्याजिक’ आउँदैछन् । अमिषा फिल्ममात्र होइन, सामाजिक सन्जालमा पोष्ट गर्ने ‘बोल्ड’ तस्वीरका कारण पनि ट्रोलको शिकार बनिरहन्छिन् । तर, अहिलेसम्म उल्लेखित तीनै अभिनेत्री कुमारी अर्थात् अविवाहित छन् ।
(एजेन्सीकाे सहयाेगमा )
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।