दाइजोको निहुँमा भारतमा नेपाली युवतीको हत्या

दाइजो नल्याएकाे भन्दै नेपाल माइती भएकी युवतीको भारतीय सीमावर्ती बजार जोगबनीमा हत्या भएको छ । विवाहमा कबाेलेको २ लाख रुपैयाँ नदिएको भन्दै विराटनगर महानगरपालिका–११ पिछरा माइती भएकी २२ वर्षीय रञ्जना सहनी (बहरदारं)को हत्या भएको हो ।

भारत अररिया जिल्लाको जोगवनीस्थित ३ किलोमिटर दक्षिण भवानी पुरस्थित ‘परमान’ खोलामा हातखुट्टा बाँधेर फालेको अवस्थामा रञ्जनाकाे शव फेला परेको जोगवनी प्रहरीले जनाएको छ । मृतकको अनुहार र शरीरमा चोट लागेकाले हत्या गरी खोलामा फालेको प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ ।

जोगवनी प्रहरीले हत्या आरोपमा सहनीका श्रीमान भारतीय नागरिक जोगवनी भेडयारीका २५ वर्षीय भीम बहरदार सहनीसहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनी बहरदार, अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखिया छन् ।

सहनीकाे गत फागुनमा जोगवनी भीम बहरदारसँग विवाह भएको थियो । बिहेपछि ससुरालीले कबाेलेको २ लाख रुपैयाँ नदिएको भन्दै रञ्जनालाई कुटपिट गर्दै आएको माइती पक्षले बताएका छन् । रञ्जना आफ्नो घरबाट गत शुक्रबारदेखि हराएकी थिइन ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १९:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया