एजेन्सी– सन् २००१ मा भएको ट्विट टावर आक्रमणपछि अमेरिकाले लामो समय तालिवानविरुद्ध अफगानिस्तानमा आक्रमणहरु गर्यो । अमेरिकी निशानामा भएका तालिबानी नेतामध्ये एक थिए– मुल्ला उमर ।
तिनै उमरको जीवनमा आधारित एक पुस्तक अहिले विश्वभर चर्चाको विषय बनेको छ । किनकि अमेरिकी सेनाले लामो समयसम्म खोजिरहेका उमर आखिर अमेरिकी सैनिक क्याम्पको नजिकै बसेका रहेछन् । तर, उनी पाकिस्तानमा रहेको विश्वास अमेरिकी सेनाले गरिरहेको थियो ।
डच पत्रकार बेट्टी ड्यामीले लेखेको पुस्तक लाइफ अफ मुल्ला उमर काबुलमा रहेको अमेरिकी सैन्य इलाकाको तीन माइल टाढामात्र बसेको उल्लेख गरिएको छ ।
ड्यामीले यो पुस्तक पाँच वर्ष लगाएर लेखेका हुन् । उनले यसका लागि दर्जनौँ तालिवानी सदस्यसँग कुराकानी गरेका छन् भने कतिपय सन्दर्भका लागि गहन अध्ययन गरेका छन् ।
सन् २००१ मा ट्विन टावरमा भएको आक्रमणपछि अमेरिकी सरकारकाले मुल्लाह उमरको टाउकाको मूल्य एक करोड रुपैयाँ तोकेको थियो ।
सन् २०११ मा अफगानिस्तानमा तालिबान सरकारको पतन भएपछि सन् २०१३ मृत्य नहँुदासम्म उमरले आफूलाई गुप्तवासमा राखे, कसैले पनि उनी कहाँ छन् भन्ने सुइँको समेत पाउन सकेनन् । मुल्ला उमर भूमिगत भएपछि जब्बार ओमरी नामका व्यक्तिले उनको अंगरक्षकको भूमिका निर्वाह गरेका थिए । ड्यामीले पुस्तकका लागि जब्बासँग अन्तर्वार्ता लिएका छन् ।
किताबका अनुसार अमेरिकी सेनाले एक पटक उमरको ठेगाना पाएको पनि थियो । तर, त्यो ठेगाना चाहिँ उसले फेला पार्न सकेन । उता, भूमिगत रहँदा उमरले आफ्ना लागि आफ्नै भाषा बनाएका थिए । उनकै अनुमतिमा कतारमा पनि तालिवानको अफिस खोलिएको मानिन्छ । अहिले तालिबानसँग अमेरिकी वार्ता कतारमा रहेको कार्यालयमा गरिँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।