नखानुहोस् सुन्तला र केरा, दही र मासु सँगै

एजेन्सी – हामी कहिलेकांही फलफूल त हो नि भनेर जे मन लाग्छ, त्यही खाइदिन्छौँ । आखिर फलफूल सबै एकै पटकमा खान हुन्छ भन्ने पनि हाम्रो मान्यता हुनसक्छ । तर, वास्तविकता यो होइन । वैज्ञानिकहरुले गरेका अनुसन्धानले के देखाएका छन् भने अमिला फल र गुलिया फल एकैपटक खानु हुँदैन । जस्तैः सुन्तला र केरा सँगै खान हुँदैन । किनकि अमिलो फलले गुलियो फलबाट निस्कने सुगर रोक्न सक्छ । अनि यसले हाम्रो पाचन प्रक्रियालाई बिगारिदिन्छ । त्यति मात्र होइन, यसले दुवै फलमा पाइने पौष्टिकतामा पनि ह्रास ल्याइदिन्छ । 

फलफूलजस्तै हामी रेष्टुरेन्टमा होस् या घरमा चिकेनसँग दही र जुस पनि पिइरहेका हुनसक्छौँ । तर, यसले पनि हाम्रो पाचन प्रक्रियालाई बिगारिदिन्छ । त्यसैले चिकेन, दही र जुस पनि सँगै खानु हुँदैन । किनकि दही र चिकेनबाट निस्कने इन्जाइमहरु अलग अलग हुन्छन् र यसलाई पचाउन हाम्रो शरीरलाई समस्या पर्न सक्छ । 





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १९:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया