‘रिसर्चमार्फत विश्वमा प्रभाव जमाउन’ सुपर कम्प्युटर बनाउँदै बेलायत

लन्डन– बेलायतको युनिभर्सिटी अफ एडिनबर्गले एक सेकेन्डमा १० हजार ट्रिलियन क्याल्कुलेसन गर्न सक्ने सुपर कम्प्युटर बनाउने योजना अघि बढाएको छ । 

२६ करोड ४० लाख अमेरिकी डलरको लगानीमा सुरु गर्न लागिएको योजनाले ब्रेक्जिटपछि विश्वको नेतृत्वदायी मुलुकको रुपमा बेलायतको गरिमा बनाइराख्न मद्दत गर्ने बेलायती राष्ट्रिय कोषका चान्सलर फिलिप ह्यामन्डको विश्वास छ । 

नयाँ राष्ट्रिय सुपर कम्प्युटर बेलायतको मौजुदा राष्ट्रिय कम्प्युटरभन्दा पाँच गुना छिटो हुनेछ विश्वका परम्परागत डेस्कटप कम्प्युटरभन्दा हजारौँ गुणा शक्तिशाली हुनेछ । 

यो कम्प्युटर बायोटेक्नोलोजी, चिकित्सा, जलवायु, हवाई तथा अन्तरिक्ष क्षेत्रमा खोज, अनुसन्धानका लागि प्रयोग हुनेछ । र, बाथ र एचआइभीको उपचारमा बेलायतले प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गरी थप प्रगति हासिल गर्न सहयोग गर्नेछ । 

नयाँ टेक्नोलेजीबाट रिसर्च इन्डस्ट्रीलाई थप मजबुत बनाई विश्वमै प्रभाव बढाउने महत्वाकांक्षाका साथ सुपर कम्प्युटरको योजना अघि सारिएको हो । 

बेलायती अर्थतन्त्रमा रिसर्च टेक्नोलोजी इन्डस्ट्रीको ४८ अर्ब डलरको योगदान छ, जसले २ लाख ३१ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ । 
 





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार २३:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया