यतिबेला मानवता निकै ठूलो संकटमा परेको छ । यसको एउटा कारण हिंस्रक द्धन्द्ध हो । विश्वका धेरै देशमा हिंस्रक द्धन्द्ध भइरहेको छ, जसबाट करोडौं मानिस प्रभावित छन् । हिंसाको कारण प्रत्येक वर्ष हजारौं मानिसको मृत्यु हुन्छ । यस्ता हिंसा, युद्ध रोक्न जति प्रयास गरिएपनि सफल हुन सकिएको छैन् ।
यसैबीचमा धेरै वैज्ञानिकहरुले आर्टिफिसियल इन्टेलिजेन्सले यस्ता युद्ध रोक्न सहयोग गर्न सक्ने बताएका छन् ।
वाइसी गुओ एक अनुसन्धानकर्ता हुन् । वाइसी, बेलायतको वारविक युनिभर्सिटीमा आवद्ध छन् । बेलायतमा डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सको राष्ट्रिय संगठन, एलन तुरिंग इन्टिट्युटमा आर्टिफिसियल इन्टेलिजेन्स टिमका प्रमुख हुन् ।
वाइसी गुओ र उनको टिम मानव संकटमा आएको चूनौतिलाई बुझाउने परम्परागत तरिकामा मसिना जानकारी जोडेर त्यसलाई नयाँ शिराबाट बुझाउन लागि परेका छन् ।
वाइसीको टिम विश्वको कुनै पनि भागमा हुने हिंस्रक संघर्षको पूर्वानुमान लगाउने काम गर्छन् । यसका लागि आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकको सहयोग लिन सकिनेछ ।
यस्तो पूर्वानुमान शान्ति स्थापनाको लागि काम गर्ने संगठनलाई सहयोग पुग्छ । विशेषगरि संयुक्त राष्ट्र संघजस्ता संगठनले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्न सक्छन् ।
वाइसी गुओको टिम अब द्धन्द्ध हुन सक्ने ठाउँको अनुमानका लागि मेसिनको प्रयोग गर्न जुटेका छन् । यो कति ठूलो क्षेत्रफलमा हुन सक्छ, कति छिटो धेरै इलाकामा फैलिन सक्छ वा फेरि संघर्षमा मात्रै सीमित हुन्छ भन्ने पत्ता लगाउने वाइसीकाे विश्वास छ ।
वाइसी गुओ र उनका साथीले द्धन्द्ध गर्ने व्यक्तिहरु, अस्थायी सरकार, पृथकतावादी शक्ति र संयुक्त राष्ट्र संघको भूमिका कस्तो हुन सक्छ भनेर अनुमान पनि लगाउनेछन् ।
यी पूर्वानुमानको सहयोगले द्धन्द्ध हुन नदिन कुटनीतिक प्रयास गर्न सकिने अनुसन्धानकर्ताको दावी छ ।
कुनै पनि ठाउँमा द्धन्द्ध हुन सक्ने विभिन्न आयामहरु छन् । भूगोल, राजनीति, अर्थशास्त्र, सामाजिक समस्या आदिका कारण हुने द्धन्द्धलाई बुझ्न यसले सहयोग गर्न सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।