के अन्तरिक्षमा सम्बन्ध सम्भव छ ?

एजेन्सी– पछिल्लो समय अन्तरिक्षमा एस्ट्रोनट्स (खगोलविद्) मात्र होइन आम मानिसहरुलाई पनि पठाउने तयारी भइरहेको छ । अन्तरिक्षमा त बस्ती नै पनि बसाउने कि भन्ने योजनामा वैज्ञानिकहरु लागेका छन् । यसका लागि अन्तरिक्षसम्म जाने खर्चलाई कसरी कम गर्ने भन्ने योजनामा वैज्ञानिकहरु लागिरहेका छन् ।

अमेरिकामा त प्राइभेट कम्पनीले अब अन्तरिक्ष अर्थात् स्पेसमा मानिसहरुलाई लैजाने भनेर आवेदन पनि मागिसकेको छ । योसँगै अब प्रश्न पनि उठेको छ, के अन्तरिक्षमा शारीरिक सम्बन्ध राख्न सकिन्छ त ? 

यो प्रश्न अहिले कतिसम्म चासोको विषय बनेको छ भने यसबारे नासाका पूर्वप्रमुख मेजर जनरल चाल्र्स फ्य्राङ्क बोल्डनले एउटा टेलिभिजन कार्यक्रमको अन्तर्वार्तामा नै जवाफ दिएका छन् । उनले भनेका थिए, ‘अब त्यहाँ पनि सबै कुरा पृथ्वीमा गरेजस्तै नै हो, त्यहाँ चाहिँ शरीरलाई कन्ट्रोलमा राख्न मात्र अप्ठ्यारो पर्ने हो । तर, अब भविष्यमा मानिसहरु गएपछि त्यहाँ पनि यसको विकल्प खोजिन्छ, कसरी सम्बन्ध राख्ने भन्नेबारे अध्ययन हुन्छ ।’ नासाले पनि यही जवाफलाई इन्डोर्स गरेको छ ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार २३:१५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया