दीपिकाको घर जाँदा रंगीचंगी कपडा लगाउन पाउँदैनन् रणबीर

एजेन्सी– बलिउड अभिनेता रणबीर सिंह आफ्नो अभिनयका कारण मात्र होइन, ड्रेसअपका कारण पनि निकै चर्चामा आइरहेका हुन्छन् । त्यसो त रंगीचंगी कपडा लगाएका कारण उनको विषयमा बारम्बार सामाजिक सन्जालमा ट्रोलहरु पनि बनेका हुन्छन् । तर, ससुराली जाँदा उनको यस्तो शोखले काम गर्दैन । 

एक अन्तर्वार्तामा उनकी पत्नी तथा अभिनेत्री दीपिका पादुकोणले यसको खुलासा गरेकी हुन् । रणवीर आफ्नो घर जाँदा ड्रेस कोड फलो गर्नु पर्ने उनले बताएकी छिन् । 

‘अवार्ड समारोह वा पार्टीमा उनी जे लगाएर गए पनि मेरो घर जाँदा उनलाई त्यस्तो कपडामा इन्ट्री हुँदैन,’ दीपिकाले भनेकी छिन्, ‘उनका लागि हाम्रो घर जाँदा ड्रेस कोड हो– सेतो सर्ट र नीलो जिन्स ।’ दीपिकाको परिवारमा कुनै कार्यक्रम हुँदा पनि रणवीरका लागि फरक ड्रेस कोड हुन्छ ।





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार ९:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया