चीन नेपाल मित्रताः ‘स्प्रिङ सिजन मित्रता’

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नो दुई दिने राजकीय भ्रमण सकेर चीन फर्किएका छन् । यो सँगसँगै भारतीय राजनीतिक वृत्तमा चीन र नेपालको बढ्दै गएको मित्रताबारे चर्चा हुन थालेको छ । 

यो भ्रमणमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई ५६ खर्ब सहयोग गर्ने घोषणा पनि गरेका छन् । सँगसँगै २० विभिन्न सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ । २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको यही भ्रमण नेपालको अर्को छिमेकी भारतलाई चाहिँ टेन्सनको विषय भएको छ । 

आफ्नो सम्बोधनमा चिनियाँ राष्ट्रपति सीले भनेका थिए, ‘चीन सधैं नेपालको स्वतन्त्रता, संप्रुभता तथा क्षेत्रीय एकता बलियो बनाउन लागि खडा रहनेछ ।’ भारतीय रजनीतिक विश्लेषकहरुले चिनियाँ राष्ट्रपति सीको यो भनाइ भारतलाई सुनाउन भएको निक्र्योल निकालेका छन् । त्यसैले, भारतीय मिडियामा सीको नेपाल भ्रमणबारे विभिन्न टिकाटिप्पणी आइरहेका छन् ।

चिनियाँ राष्ट्रपति सीको नेपाल यात्रा र चीन तथा नेपालको बढ्दो मित्रतालाई भारतमा नयाँ ‘टर्म’ पनि दिइएको छ । यसलाई सुनौलो मौसमको संज्ञा दिइएको छ र त्यसरी नै हेरिएको पनि छ । चाइना इन्स्टिच्युट अफ फरेन पोलिसीका एक एक्सपर्टले यो मित्रतालाई नाम दिएका छन्– स्प्रिङ सिजन मित्रता ।

चीनको ट्याब्लोइड पत्रिका ग्लोबल टाइम्सले पनि आफ्नो स्तम्भमा यसबारे लेखेको छ । ग्लोबल टाइम्समा लेखिएको छ, ‘नेपाल एक स्वतन्त्र संप्रभु देश हो । नेपालको आफ्नो हितलाई ध्यानमा राख्दै विदेश नीतिको निर्धारण तथा रणनीतिक साझेदार बन्ने अधिकारी छ । भूराजनीति समीकरणमा सिर्फ एक मोहरा बन्नुभन्दा नेपालले चीन–भारत प्लस फर्मूलामा काम गर्दा अझ राम्रो हुनेछ ।’

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा नेपाल र चीनबीच सीमापार रेलवे नेटवर्क सुरु गर्ने विषयमा कुराकानी भएको विषयलाई मात्र होइन, नेपालले बेल्ट एन्ड रोड परियोजनालाई दिएको साथलाई पनि भारतमा चासोका साथ हेरिएको छ । यही सन्दर्भमा चिनियाँ पत्रिका पिपुल्स डेलीमा एउटा समाचार छापिएको छ जसमा बेल्ट एन्ड रोड इनिसियटिभ्स परियोजनामा काम गरिरहेको एक कम्पनीले नेपालमा स्कुलको निर्माण गरेको छ । 



चिनियाँ पत्रिकाहरुको उदाहरण लिँदै भारतमा चाहिँ यो बदलिँदो समीकरणले भारतलाई ठूलो स्तरमा प्रभावित गर्न सक्ने उल्लेख गरिएको छ । अर्कोतिर, भारतीय राजनीतिक वृत्तमा समेत नेपालमा भारतविरुद्ध विभिन्न प्रोजेक्टको सुरुवात भएको चर्चा पनि बढ्न थालेको छ । बिआरआई होस् या रेलवे मार्गको कुरा होस्, दुवै प्रोजेक्ट भारतको अनुकूल नभएको भारतीय विश्लेषकहरुले निष्कर्ष निकालेका छन् । 



  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १०:२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया