सर्जियो रामोसको नयाँ रेकर्ड

एजेन्सी– स्पेनिस डिफेन्डर सर्जियो रामोसले नयाँ रेकर्डमा आफ्नो नाम लेखाएका छन् । उनी युरोपको कुनै पनि देशका लागि सवार्धिक खेल खेल्ने आउटफिल्ड खेलाडी बनेका छन् ।

रामोसले स्पेनमा लागि १ सय ६८ वटा खेल खेल्दै यो रेकर्ड बनाएका हुन् । यो सँगै उनी स्पेनमा लागि सवार्धिक खेल खेल्ने खेलाडी समेत बनेका छन् । उनले इकर क्यासिलासलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् । क्यासिलासले चाहिँ स्ेपनका लागि १ सय ६७ खेल खेलेका थिए । 

रामोसले ल्याटभियका भिटालिज अस्ताफ्जिभ्सलाई पनि पछि पारे । उनले पनि अहिलेसम्म १ सय ६७ खेल खेलेका थिए । अब रामोस भन्दा अगाडी युरोपको कुनै देशका लागि सवार्धिक खेल खेल्ने खेलाडी इटालीका गोलरक्षक गिनिअल्लुगी बुफन रहेका छन् । उनले इटालीका लागि १७६ खेल खेलेका छन् । 

कुनै देशका लागि सर्वाधिक खेल खेल्ने विश्व रेकर्ड भने इजिप्टका पुर्व मिडफिल्डर अहमद हसनको नाममा रहेको छ । उनले इजिप्टका लागि १८४ खेल खेलेका छन् ।





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १०:४८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया