सरकारलाई डा. केसीको ११ दिने अल्टिमेटम, माग पूरा नभए १३ कात्तिकबाट अनसन बस्ने
फाइल तस्वीर

काठमाडौं– वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारलाई ११ दिने अल्टिमेटम दिएका छन् । उनले यो समयमा पनि आफ्ना माग पूरा नभए १३ कात्तिकबाट अनसन बस्ने चेतावनी दिएका छन् । 

डा. केसीले यो जानकारी दिनका लागि सोमबार विहान महाराजगन्जस्थित शिक्षण अस्पतालमा पत्रकार सम्ेमलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा उनले भने, ‘सरकारसँग सम्झौता मात्र भए, कार्यान्वयन हुन सकेनन् ।’

उनले यसपटक पनि चिकित्सा क्षेत्रमा सुधार हुनु पर्ने, नियुक्ति प्रणालीमा दलीय भागवन्डा हुन नहुने, दोषी ठहरिएकाहरुलाई कारवाही गर्नु पर्ने, अवैद्य शुल्क लिएका मेडिकल कलेज सन्चालकलाई कारवाही हुनु पर्ने माग राखेका छन् ।

उनले आजैबाट त्रिवि शिक्षण अस्पतालबाट अवकास पाएका छन् । यसपटक डा. केसीले कहाँबाट अनसन बस्ने हो भन्नेबारे खुलाएका छैनन् । उनले भने, ‘नेपाली हुँ, देशको जुनसुकै कुनाकाप्चामा पुगेर पनि अनसन बस्न सक्छु ।’

पत्रकार सम्मेलनमा नै डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले माफियाहरुको पैसाबाट आफ्नो उपचार गरिरहेको आरोप पनि लगाएका छन् । उनले प्रधानमन्त्री ओलीको उपचार खर्च पारदर्शी हुनु पर्ने माग राखेका छन् ।






  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार ११:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया