प्रदेश ३ को राजधानी टुङ्ग्याउन मुख्यमन्त्रीको दौडधुप

काठमाडौं–  लामो समयदेखि अन्योलमा रहेका प्रदेशका राजधानी टुङ्ग्याउन अब मुख्यमन्त्रीहरुले कसरत सुरु गरेका छन् । सबैभन्दा बढी दौडधूपमा देखिएका छन्, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल । पौडेलले यस विषयमा नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुसँग मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेका छन् । 

मुख्यमन्त्री पौडेलले हेटौंडा नै राजधानी तोक्न खोजेको आरोप नकेपाकै प्रदेश सांसदहरुले पनि लगाएका छन् । ‘उहाँले लामो समयसम्म यसबारे चासो देखाउनु नै भएन,’ प्रदेश ३ का एक सांसदले भने, ‘न हाम्रो प्रस्ताव उहाँले मान्नुभयो ।’ ती सांसदले दशैं सकिएलगत्तै यसबारे चर्चा गर्न मुख्यमन्त्री पौडेलले नै केही सांसद र केन्द्रमा केही नेताहरुसँग छलफल गरेको बताएका छन् ।

तर, आफूले यस कामलाई पार लगाउन नसक्ने देखेपछि यसका लागि सहजीकरण गरिदिन अनुरोध गर्दै पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुगेका छन् । ‘खासमा नेकपाकै असन्तुष्ट साथीहरुलाई सम्झाइदिन अनुरोध गर्दै पौडेल प्रधानमन्त्रीज्युकहाँ पुगेका हुन्,’ प्रदेश सभाका ती सदस्यले फरक धारसँग भने, ‘तर, प्रदेशलाई उपयुक्त राजधानी दिलाउन प्रधानमन्त्रीले भन्दैमा पनि हुँदैन । यो त यहाँका सांसदहरुको माग र जनताको सहजका लागि निर्धारण गरिने कुरा हो ।’

प्रदेश ३ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमत भए पनि सांसदहरुबीच नै सहमति नजुट्दा स्थायी राजधानीको टुंगो लाग्न सकेको छैन । नेकपाकै अधिकांश सांसदहरुले प्रदेश ३ को राजधानी हेटौंडाबाट काभ्रे वा भक्तपुर सार्नु पर्ने माग राख्दै आएका छन् ।





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार ११:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया