श्रीमानकाे कुटाइबाट महिलाकाे मृत्यु

कैलाली– लम्की चुहा नगरपालिका १ भुरुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।  श्रीमान  धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती ३१ वर्षीया जानकी वि क थापाको आइतबार मृत्यु भएको हो । रोजगारीको शिलसिलामा भारतमा रहेका थापा दसैं मनाउन २१ गते फर्केको दिन श्रीमतीलाई आफ्नै घरमा अन्य पुरुषसँग भेटेपछि  कुटपिट गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले २४ गते मात्रै घटनाको विषयमा प्रहरीलाई जानकारी भएको बताए । उनले भने, ‘२४ गते बिहान अचेत अवस्थामा घरमै भेटिएकी थापालाई प्रहरीको सहयोगमा उपचारका लागि नेपालगञ्ज असपताल पठाइएको थियो । नेपालगञ्जबाट उपचारपछि घर फर्किएकी जानकीको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको थियो । उनको अवस्था अझै जटिल बन्दै गएपछि फेरी उनलाई उपचारका लागि लम्कीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।’

कुटपिट गर्ने थापालाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिइएर अनुसन्धान थालिएको उनले बताए ।





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार ११:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया