२५ प्रतिशत कलेजोमा बाँचिरहेका छन् अमिताभ

एजेन्सी–  सन् १९८३ मा बलिउडमा आएको फिल्म कुलीले अभिनेता अमिताभ बच्चनलाई निकै ठूलो सफलता दिलायो । तर, यो फिल्मका कारण अमिताभले जुन समस्या भोगेका छन्, त्यसले उनको जीवनलाई थप समस्यामा धकेल्यो । 

यो फिल्मको एउटा दृश्यमा अभिनेता पुनित इस्सरले अमिताभको पेटमा पन्च हान्छन् । फिल्ममा यो सिन अत्यन्त सहज देखिन्छ तर सुटिङमा यही सिनका कारण अमिताभको जीवनमा समस्या सुरु भएको थियो । किनकि यो पन्च यति तेज थियो कि त्यसले अमिताभको शरीरमा निकै रगत बगेको थियो । त्यो पनि इन्टर्नल ब्लिङिङ । 

उनलाई तत्काल मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई ६० बोतल रगत चढाउनु परेको थियो । तर, यही क्रममा एउटा लापरबाही पनि भयो ।

एक व्यक्तिको हेपटाइटिस बी संक्रमित रगत अमिताभ बच्चनलाई दिइयो । यसैका कारण अमिताभले जीवनभर दुःख पाए । यही रगतका कारण अमिताभलाई लिभर सिरोसिस भयो । सन् २०१२ मा त अमिताभको लिभर कति बिग्रियो भने त्यसको ७५ प्रतिशत भाग काटेर फाल्नु पर्ने भयो । त्यसैले अहिले अमिताभ २५ प्रतिशत कलेजोमा बाँचिरहेका छन् । त्यसपछि अमिताभ शाकाहारी भए ।





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १२:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया