एजेन्सी– भारतले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएको छ । दक्षिण अफ्रिका र भारतबीच भइरहेको टेस्ट शृंखला अन्तर्गतको दोस्रो टेस्टमा दक्षिण अफ्रिकालाई एक पारी तथा १३७ रनले हराउँदै भारतले घरेलु मैदानमा लागातार ११ टेस्ट सिरिज जित्ने रेकर्ड बनाएको हो । भारतले सन् २०१३ फेब्रुअरी यता घरेलु मैदानमा भएको टेस्ट सिरिज गुमाएको छैन ।
यस अघि यो रेकर्ड अष्ट्रेलियाको नाममा थियो । सन् १९९४–२०००–२००१ र २००४–२००८–२००९ सम्म गरी २ पटक अष्ट्रेलियाले घरेलु मैदानमा लगातार १० टेस्ट सिरिज जितेको थियो ।
भारतले पहिलो टेस्ट २०३ रनले जितेको थियो । भारत यो शृंखलामा २–० ले अगाडि छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।