एनआरएनएको नवौँ सम्मेलन मंगलबारदेखि

काठमाडौं– गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय तीनदिने सम्मेलन मंगलबार सुरु हुने भएको छ । काठमाडौंमा हुने नवौँ सम्मेलनबारे संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

नेपालीका लागि नेपाली अभियान बढाउन संस्थागत संरचनाले सहयोग गरेको बताउँदै संघले नवौं विश्व सम्मेलनबाट सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्ने संघको विश्वास छ । 

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा सो सम्मेलन हुन लागेको हो । 

सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्नेछ । सो सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि, स्वेदशी, विदेशी गरी दुई हजार पाँच सयको सहभागी हुनेछन् ।





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १७:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया