पाकिस्तानमा ५.८ रेक्टर स्केलको भूकम्प

इस्लामाबाद– सोमबार पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । 

छिमेकी अफगानिस्तानको हिन्दूकुश पहाडलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको पाकिस्तानको मौसम विभागले पुष्टि गरेको छ । भूकम्प पृथ्वीको सतहदेखि एक सय ५७ किलोमिटर तल गएको बताइएको छ ।

यसअघि सेप्टेम्बर २४ मा पाकिस्तान नियन्त्रित कास्मिर, पञ्जाब र खैबर पख्तुनख्वालगायत भेगमा गएको भूकम्पमा परी ४० जनाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १७:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया