दोहोरो अंकले घट्याे नेप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ । दसैँको बिदालगत्तै साेमबार दोस्रो कारोबार दिनमा कुल १ सय ५४ कम्पनीको आठ लाख ३३ हजार ७ सय ५३ कित्ता सेयर २१ करेड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । 

कारोबर भएका कुल १२ उपसमूहमध्ये सामूहिक लगानी कोषको बाहेक ११ उपसमूहको सेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०५ विन्दुले बढ्दा बैंकिङ १३.४५, व्यापार २.२८, होटल ५३.६६, विकास बैंक ११.४३, जलविद्युत् ९.०७, वित्त ६.३, निर्जीवन बिमा ४९.५३, उत्पादन १.५२, अन्य २.२१, लघुवित्त १३.८५ र जीवन बिमा ३७.१ विन्दुले घटेको छ । 

स्टकका अनुसार कारोबारका आधारमा प्रभु बैंकको दुई करोड ६५ लाख ७३ हजार १ सय २७ मूल्यमा सेयर खरिद बिक्री भई शीर्ष स्थानमा रहेको छ । यस्तै, सिद्धार्थ बैंक दुई करोड ६४ लाख पाँच हजार ८ सय ९४, नबिल बैंक एक करोड २६ लाख २८ हजार ६ सय ७९ मा कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार राधी विद्युत् कम्पनीका सेयरधनीले ५.८४, एचआइडिसिएलका लगानीकर्ताले ४.५१ प्रतिशतले कमाउँदा सिनर्जी पावर ६.४९ र अरुण काबेलीका सेयरधनीले ५.६३ प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १७:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया