काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमारको पाँच दिने भ्रमणमा जाने भएकी छिन् ।
राष्ट्रपति भण्डारी समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमारको राजकीय भ्रमणमा जाने भएकी हुन् ।
म्यानमारमा रहँदा उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् ।
राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी हुनेछन् । भ्रमणका क्रममा नेपाली टोलीले म्यानमारमा रहेका नेपाली मूलका नागरिकसँग पनि भेट्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।