अमेरिकामा दुर्घटनामा दुई नेपालीकाे मृत्यु

अमेरिका– अमेरिकाको ओहायो राज्यमा शनिबार भएकाे दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। ओहायो राज्यस्थित कोलम्बसमा कार दुर्घटनामा परी ४० वर्षीया कुमारी विश्वकर्मा र २४ वर्षीया अन्जु विश्वकर्माको मृत्यु भएको हो । 

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय अपस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सडक दुर्घटनामा ज्यान गुमाउने आमा, छोरी हुन्।

प्रहरीका अनुसार दुर्घटना शनिबार राति करिब १० बजे कोलम्बसको उत्तर पूर्वी बाटोमा भएको हो। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार ९:४२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया