एजेन्सी– भारतीय क्रिकेट टिमका अलराउन्डर इरफान पठानले क्रिकेटको दुनियाँमा राम्रै धुम मच्चाए । अब उनी आफूलाई बलिउडमा स्थापित गर्न चाहन्छन् । त्यसैले त उनले फिल्म खेल्ने भएका छन् ।
हो, उनले अभिनयमा डेब्यु गर्दै छन् । तर, यो डेब्यु चाहिँ बलिउडमा नभएर पहिले तमिल फिल्म हुने भएको छ ।
फिम्म क्रिटिक तरण आदर्शले ट्विटरमा यसको जानकारी दिएका हुन् । इरफानले खेल्ने फिल्मको नाम चाहिँ अहिलेसम्म तय भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।