पाेखरा– प्रहरीले पोखराबाट ६ लाख १० हजार नगदसहित कौडा खेल्ने १५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । उनीहरूकाे साथबाट ३२ थान कौडासमेत बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।
चालिसे डाँडास्थित एक रेष्टुरेन्टमा कौडा खेलिरहेकाे सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक नरहरि अधिकारीको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सुचना अधिकारी प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
पक्राउ गर्ने क्रममा पोखरा-६ खहरे बस्ने वर्ष ४० का विमल देवकोटा प्रहरी आएको थाहा पाएपछि भाग्न खाेज्दा लडेर घाइते भएका छन् । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी घाइते भएका छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।