एजेन्सी– आफ्नी दिदी वा बहिनीको विवाहमा दिदी वा बहिनीलाई अन्माइसकेपछि कसलाई पो खुसी लागिरहला र ? मानिसहरुलाई त्यसको दुःख पनि हुनसक्छ कि आफूले आफ्नो दिदीबहिनीलाई गुमाउन लागेका छौँ ।
तर, मस्कोमा चाहिँ आफ्नी दिदीको बिदाइमा रोएका एक भाइले निकै ठूलो मूल्य चुकाउनु परेको छ ।
यो खासमा चेचन्याको घटना हो । त्यहाँ के मानिन्छ भने चेचन्याका युवाहरु विश्वकै शक्तिशाली वा मजबुत हुन्छन् । त्यसैले रोएका ती भाइलाई माफी माग्न लगाइएको हो । उनले रोएको भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि उनले माफी मागेको भिडियो पनि बनाएर सामाजिक सन्जालमा नै अपलोड गर्न बाध्य भए ।
फेरि त्यहाँ यसरी रुनुलाई त्यहाँको परम्पराको उल्लंघन पनि मानिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।