आयुष्मानले अब एउटा फिल्मको १० करोड लिने

एजेन्सी– बलिउडमा खास पहिचान बनाएका छन्, अभिनेता तथा गायक आयुष्मान खुरानाले । उनले गत वर्षका लागि एकेडेमी अर्वाड्स पनि जिते । अनि उनलाई निकै मन पराएका छन्, बलिउडका चलचित्रलाई नछुटाउनेहरुले । 

अब तिनै आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक ५ सय प्रतिशत बढाएको बताएका छन् । उनले अन्धाधुन र बधाई हो फिल्ममा कामगर्दा पनि आफ्नो पारिश्रमिक तीन गुणा बढाएका थिए । अब ड्रिम गर्ल फिल्मको सफलताका कारण उनले आफ्नो पारिश्रमिक ५ सय प्रतिशत बढाउने भएका हुन् । 

यसअघि उनले २ करोड रुपैयाँ पारिश्रमिकका रुपमा लिँदै आएका थिए । अब उनको यो पारिश्रमिक १० करोड हुनेछ । सन् २०१७ बाट चम्किएका आयुष्मानले पारिश्रमिक बढाउने निर्णयलाई भारतीय मिडियाले चाहिँ सकारात्मक रुपमा नै लिएका छन् ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १६:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया