काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई आज नियुक्त गरेकी हुन् ।
दाहाल यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील काेइरालाकाे प्रधानमन्त्रित्वकालमा नेपाल टेलिभिजनकाे महाप्रबन्धक भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।