महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

महरामाथि संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेको छ ।

काठमाडौं जिल्ला अदालतले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो । न्यायाधीश दीपककुमार दाहालको इजलासले म्याद थप गरेको हो ।

१९ असोजमा महरा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परे पनि अदालत बन्द भएकाका कारण म्याद थप हुन सकेको थिएन । 

सो म्यादभित्र अदालतले महरालाई धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्नेछ ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १७:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया