एजेन्सी– यो थाइल्यान्डको एउटा गाउँको कथा हो । त्यहाँ भूतका कारण केही मानिसहरुको मृत्यु भएको विश्वास गरेपछि त्यहाँका पुरुषहरुले पनि महिलाको कपडा लगाउन थाले । नाखोन फेनम नामको प्रान्तमा पर्ने एउटा गाउँमा सुतिरहेका पाँच जना पुरुषको मृत्यु भयो । त्यसपछि त्यहाँका अन्य पुरुषले पनि महिलाको कपडा लगाउन थाले ।
एक न्युज वेबसाइटमा आएको समाचारअनुसार त्यहाँको गाउँका मानिसहरु एक विधवा भूतका कारण डराएका थिए । अनि उनीहरुले महिलाको कपडा लगाएर त्यो भूतबाट बच्ने उपाय निकालेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।