गलत तरिकाले नुहाउँदा प्यारालाइिसस र ब्रेन स्ट्रोकको खतरा

एजेन्सी– तपाईंलाई नुहाउने तरिका पनि गलत र सही हुन्छ भन्ने जानकारी छ ? तपाईंलाई लाग्दो हाे, यस्तो पनि कहीँ हुन्छ ? जसले जसरी पनि नुहाउँदा पनि के फरक पर्छ ? यदि यस्तो यो भने तपाईंको सोचाइ गलत हो । खानपिन र सुत्ने विशेष तरिकाजस्तै नुहाउने पनि एउटा सही तरिका हुन्छ । यदि तपाईंले यो तरिका अपनाउनु भएन भने प्यारालाइसिस अथवा ब्रेन स्ट्रोकको खतरा हुन्छ । त्यसैले कसरी नुहाउने भन्ने कुरा जान्नु अपरिहार्य छ । 

नुहाउने गलत तरिका

धेरै मान्छेहरू बाथरुम छिर्नेबित्तिकै सावर वा बाल्टीको पानी सिधै टाउकोमा खन्याउने गर्छन् । यो नुहाउने सबभन्दा गलत तरिका हो । यो तरिकाले नुहाएको खण्डमा स्ट्रोकलगायत अन्य समस्या पनि आउन सक्छ । 

हाम्रो शरीमा रक्तसञ्चार प्रक्रिया माथिबाट तल हुन्छ । यस अवस्थामा यदि तपाईं टाउकोमा सिधै चिसो पानी खन्याएर नुहाउनुहुन्छ, त्यस अवस्थामा टाउकोमा रगतका नली खुम्चिन्छ र रगत जम्न थाल्छ । त्यसैले नुहाउने बेला पहिले टाउकोमा पानी हालेर नुहाउने थाल्नु हुँदैन । 

नसा फुट्ने खतरा



टाउकोमा सिधै पानी खन्याउनाले हाम्रो टाउको चिसो हुन थाल्छ । यसले गर्दा मुटुले टाउकोतर्फ जोडसँग रगत पठाउनुपर्ने हुन्छ । यसले गर्दा हृदयाघात हुन सक्ने सम्भावना हुनुका साथै दिमागको नसा फुट्ने सम्भावना पनि बढेर जान्छ । 

खुट्टाबाट नुहाउन सुरु गर्नुहोस्



त्यसैले खुट्टाबाट नुहाउन सुरु गर्नु उत्तम उपाय हो । त्यसपछि जाँघ, शरीर, काँध हुँदै अन्तिमा टाउकोमा पानी खन्याउनु नुहाउने उत्तम उपाय हो । 

यो सबै गरिसकेपछि तपाईं सावरको पानी अथवा बाल्टीमा थापेको पानी सिधै शिरमा खन्याएर नुहाउन सक्नुहुन्छ । तर, यस प्रक्रियाका लागि जम्मा १ मिनेटमा मात्र समय लगाउनु उपयुक्त हुन्छ ।
 

  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १८:३१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया