धादिङ– धादिङमा आफ्नै घाँटी चक्कुले रेटेर एक जनाले आत्महत्या गरेका छन् । मंगलबार बिहान करिब १० बजे जिल्लाकाे सिद्धलेक गाउँपालिका-२ हातिसुडेका ५० वर्षीय गोपाल बहादुर ब्याजबासी मगरले तरकारी काट्ने चक्कुले आफ्नै घाटी रेटेकाे प्रहरीले जानकारी दिएकाे छ ।
घाइते भएका मगरकाे उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । अहिले शव जिल्ला अस्पतालमा राखिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।