मोटोपना, कोलेस्ट्रोल कम गर्न मात्र होइन, मेवा खाँदा हुन्छन् यी अरु फाइदा

एजेन्सी– जुनसुकै मौसम होस्, स्वास्थ्यका लागि ध्यान दिनु निकै जरुरी हुन्छ । र, यसका लागि मेवा खानु फाइदाजनक हुन्छ । 

आयुर्वेदिक नजरमा पनि मेवा अत्यन्त खास फल हो । मेवा खानाले शरीरको रगत शुद्ध हुने मात्र होइन, पेटदेखि लिएर छालासम्म राम्रो हुन्छ । 

मेवा भिटामिन युक्त हुन्छ र यसले एन्टी अक्सिडेन्ट तथा फाइबरको पनि काम गर्छ । रगत जम्नबाट रोक्ने मेवाले मुटुका अनेक रोगबाट पनि टाढा राख्न सहयोग गर्छ ।

दैनिक खानामा मेवा खानाले बढ्दो तौल घट्न थाल्छ । जसलाई आफ्नो तौल घटाउन मन छ, उनीहरुले त झन् मेवा खानै पर्ने हुन्छ । यसमा हुने फाइबरले स्वास्थ्य पनि राख्छ । 

मेवाको गुलियोपना मधुमेह भएका बिरामीलाई पनि राम्रो हुन्छ, चिनी छोड्न पर्ने भएकाहरुलाई मेवा अत्यन्त महत्वपूर्ण हुनसक्छ । 

मेवा खाँदा भिटामिन ए पाइने भएकाले आँखाका लागि पनि यो फल अत्यन्त राम्रो मानिन्छ ।



तर, मेवा धेरै खानु भने हुँदैन । यसको अत्यधिक सेवन गर्दा मृर्गौलामा पत्थरी हुनसक्छ । त्यस्तै, मेवा बिहान ९ बजेसम्म खानुलाई राम्रो मानिन्छ । साँझ ६ बजेपछि चाहिँ मेवा नखानु नै राम्रो हुन्छ । 
 



  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार २२:४७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया