सुरु नहुँदै झन्डै सकिएको हेमा मालिनीको करिअर !

एजेन्सी– बलिउडमा निकै नाम कमाएकी अभिनेत्री हुन्, हेमा मालिनी । उनले पाँच दशक लामो यात्रामा बलिउडमा विशेष छाप छोडेकी छिन्, कतिपय सुपरहिट फिल्ममा काम गरेकी छिन् । 

तर, कुनै समय यस्तो थियो कि हेमाले निकै ठूलो संघर्ष गर्नु परेको थियो । कतिसम्म भने उनको करिअर सुरु नहुँदै अन्त्य हुने अवस्था समेत सिर्जना भएको थियो । 

यो खासमा हेमा मालिनीका बलिउडमा सुरुवाती वर्षको कुरा हो । उनलाई तमिल निर्देशक श्रीधरले त सोझै अस्वीकार गरेका थिए । हेमामा स्टार अपिल नभएको ती निर्देशकको कमेन्ट थियो ।

सन् १९४८ मा जन्मिएकी हेमाकी आमा जया चक्रवर्ती फिल्म निर्माता थिइन् । घरमा नै फिल्मी माहोल भएकाले हेमाले पनि आफू अभिनयमा नै लाग्ने सोच बनाएकी थिइन् । त्यसको सुरुवात चाहिँ उनले सन् १९६१ मा गरिन् । त्यो पनि नाटक ‘पान्डव बनावासम’ बाट । त्यसपछि उनले सन् १९६८ मा राजकपुरसँग फिल्म सपनोंका सौदागरमा काम गर्न पाइन् । तर, यो फिल्मले राम्रो गर्न सकेन । 

त्यसपछि फेरि हेमाको करिअर धरमरायो । हेमालाई पहिलो सफलता चाहिँ सन् १९७० को फिल्म ‘जोनी मेरा नाम’बाट मिल्न थाल्यो । यसमा उनले अभिनेता देवानन्दसँग काम गरेकी थिइन् । त्यसपछि चाहिँ हेमाले यात्रा सहज रुपमा अगाडि बढ्न थाल्यो ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार ८:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया