आलियाले बोलिन् अश्लिल शब्द, भइन् ट्रोल

एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्ट आफूले बोलेका शब्दहरुका कारण बारम्बार विवादमा मुछिइरहन्छिन् । कुनै समय भारतीय प्रधानमन्त्रीको नामसमेत थाहा नपाएर ट्रोलको शिकार भएकी आलिया यसपटक निर्माता करण जौहरको सोमा चिप्लिएकी हुन् । 

एउटा कार्यक्रममा आलिया र करिना कपुर करणसँग कुराकानी गर्दै थिए । त्यही कार्यक्रममा करणले सोधेको एक प्रश्नमा आलियाले करिनाको प्रशंसा गर्न सुरु गरिन् । बोल्दै जाँदा उनले अश्लिल शब्द पनि फ्याट्टै भनिदिइन् । 

उनले त्यसरी अश्लिल शब्द बोलेपछि करिनाले त्यसलाई महसुस गरिहालिन् । करणले पनि त्यसको महसुस गरे । त्यसपछि बल्ल आलियालाई थाहा भयो कि उनी के बोल्दै थिइन् । यो कार्यक्रम प्रसारण पनि भयो । अनि त उनको ट्रोल हुन सुरु भइहाल्यो ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार ८:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया