ग्लोबल हंगर इन्डेक्सको नयाँ सूची प्रकाशन गरिएको छ । यो सूचीमा ११७ देश समावेश छन् । र, सूचीमा नेपालको छिमेकी देश भारत १०२ नम्बरमा छ । अर्थात्, पेटभर खान नपाउने नागरिक बस्ने विश्वका १६ देशमध्ये एक हो, भारत ।
यो सूचीमा सबैभन्दा तल रहनु भनेको त्यहाँका नागरिकले पेटभर खान नपाउनु, बाल मृत्युदर बढी हुनु, बच्चाहरुको उचाइअनुसार तौल नहुनु र बच्चा कुपोषित हुनु हो ।
भारतले आफूलाई एशियाको तेस्रो अर्थव्यवस्थाका रुपमा सार्दै आएको छ । त्यस्तै, भारतको अर्थतन्त्र दक्षिण एशियाकै सबैभन्दा ठूलो हो । तर, हंगर इन्डेक्समा भारत दक्षिण एशियामा सबैभन्दा तल छ ।
यही सूचीमा नेपाल ७३ औं स्थानमा छ । पाकिस्तान ९४ औं, बंगलादेश ८८ औं र श्रीलंका ६६ औं नम्बरमा छन् ।
यो सूचीमा बेलारुस, युक्रेन, टर्की, क्युबा, कुवेतलगायतका देशको अवस्था भने सामान्य छ । रुवान्डा र इथियोपियाले पनि यो सूचीमा अहिले निकै ठूलो फड्को मारेका छन् । यो सूची आयरल्यान्डको कम्पनी कन्सर्न वल्र्डवाइडले वर्षेनी प्रकाशन गर्ने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।