नेकपा सचिवालय बैठक: उपनिर्वाचनका उम्मेदवार १० कात्तिकभित्र सिफरिस गर्न निर्देशन
फाइल तस्वीर

काठमाडाैं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक १० गतेभित्र उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न जिल्ला तथा प्रदेश कमिटीलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी १४ मंसिरमा उपनिर्वाचन हुने यसअघि नै तय भएको छ ।

१४ मंसिरमा प्रतिनिधिसभामा रिक्त रहेको एक स्थान, गाउँपालिका र नगरपालिकाहरुमा रिक्त रहेका ५१ पदमा निर्वाचन हुँदैछ । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बालुवाटारमा आज बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो । उनले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन(तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको बताए । 

नेकपाको सचिवालय बैठकले पार्टीको संगठन विभागमा तीन सदस्य थप्ने पनि निर्णय गरेको छ । संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गर्ने निर्णय भएको हो । यसअघि संगठन विभागमा वामदेव गौतम प्रमुख र जनार्दन शर्मा प्रभाकर उपप्रमुखका रुपमा थिए । 





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार ११:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया