हुम्ला– खार्पुनाथ गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । जसले गर्दा एक हजारभन्दा बढी परिवार सञ्चारसेवाबाट वञ्चित भएका छन् ।खार्पुनाथ गाउँपालिका–३ स्थित रायाको ठानाकोटमा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो ।
स्थानीयले बारम्बार भन्दा पनि नेपाल टेलिकमले यसलाई बेवास्ता गरेकाे बताउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।