जनकपुर– आफ्नो पार्टीका सांसद रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले जनकपुरमा प्रदर्शन गरेको छ । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोदकुमार साहलाई रिहा गर्न माग गर्दै सो पार्टीले प्रदर्शन गरेको हो ।
बुधबार राजपाका कार्यकर्ताले जनकपुरको सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । सांसद साहलाई विनासर्त तत्काल रिहा गर्नुपर्ने उनीहरूको माग छ ।
सांसद साहले सोमबार जनकपुर विमास्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । अदालतले साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।