सीको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुल्योः प्रचण्ड

काठमाडौं– मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

नेकपाले आयोजना गरेको चियापानमा बोल्दै उनले भारत र चीन भ्रमणको क्रममा आफूले त्रिदेशीय साझेदारीमा जानुपर्छ भनेको स्मरण गराए । अहिले त्यो दिशातिर जाने आधार बनेको उल्लेख गर्दै उनले टु प्लस वन भनेर मोदी र सीबीच कुरा हुनुले त्यसलाई दर्शाएको उनले बताए । 

चीनका राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमण र भारतबाट पेट्रोलियम पाइपलाइन उद्घाटन एकै समयमा हुनुले त्रिदेशीय साझेदारी देखाएको उनको दाबी थियो । 

दाहालले संघीय लोकतन्त्रिक गणतन्त्र कुनै दल विशेषको सम्पत्ति नभएको बताउँदै यो सात दशक लामो संघर्षपछि प्राप्त हामी सबैको सम्पत्ति भएको बताए ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १५:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया