यसरी राेकाैँ नाक कान र घाँटीकाे क्यान्सर

सामान्यतया शरीरको कुनै भागमा कोषिकाहरू अनियन्त्रित भएर बढ्नुलाई क्यान्सर भएको मानिन्छ । नाक, कान र घाँटीमा पनि विभिन्न समस्याका कारण क्यान्सर हुने गर्छ । सुरुवाती चरणमै उपचार नगर्ने तथा प्रायः शल्यक्रिया गर्नुपर्ने बिरामी धेरै हुने भएकाले नाक/कान/घाँटी क्यान्सरको चर्चा ज्यादै कम हुने गरेको छ । 

जुनसुकै उमेरका मानिसलाई नाक/कान/घाँटीको क्यान्सर हुन सक्छ । यद्यपि, ४० वर्षभन्दा माथिकालाई क्यान्सरको जोखिम बढी हुने गर्छ । नेपालमा करिब एक लाखभन्दा बढी मानिस नाक/कान/घाँटीको क्यान्सरबाट पीडित भएको तथ्यांक छ । 

कारण

  • पछिल्लो समयमा कतिपय मानिसमा युवाअवस्थामै नाक÷कान÷घाँटीको क्यान्सर देखिने गरेको छ । यसको प्रमुख कारण अत्यधिक धूम्रपान र मद्यपान हो । चुरोट, तमाखु, बिँडी, गुट्खा, पान–पराग र मदिरा सेवनले नाक, कान र घाँटीमा संक्रमण गराउँछ । 
  • वातावरणिय प्रभाव नाक÷कान÷घाँटीको क्यान्सरको अर्को कारण हो । धुवाँ, धुलो र प्रदूषणका कारण क्यान्सरको जोखिम हुने गर्छ । त्यस्तै, विकिरणले गर्दा पनि क्यान्सर हुन्छ । विकिरणयुक्त क्षेत्र तथा प्रयोगशालामा काम गर्ने मानिस बढी पीडित हुने गर्छन् ।  
  • वंशाणुगत गुणका कारण पनि नाक÷कान÷ घाँटीको क्यान्सर हुने जोखिम रहन्छ । तर, यसको सम्भावना ज्यादै थोरै हुन्छ । परिवारका कुनै सदस्य क्यान्सर पीडित भएमा बच्चामा पनि हुने सम्भावना हुन्छ । 
  • क्यान्सर गराउने खाद्यवस्तुको सेवनले पनि क्यान्सर हुने गर्छ । धेरै पिरो तथा पोलेको खानेकुरा बढी खाएमा यस्तो किसिमको क्यान्सरको सम्भावना रहन्छ । 

लक्षण 

  • अंग र रोगको अवस्थाका आधारमा क्यान्सरको लक्षण फरक हुने गर्छ । मुखमा घाउ आएर लामो समयसम्म निको नहुनु तथा मुखभित्र सेतो दाग वा धब्बा आउनुजस्ता कारणले मुखमा क्यान्सर हुन सक्छ । मुखमा घाउ आएर लामो समयसम्म निको नहुनु वा दाँतले बारम्बार छुने ठाँउमा घाउ भएमा लामो समयपछि संक्रमण हुने गर्छ ।
  • घाँटीको क्यान्सर भएमा आवाज धोद्रो हुने, सास फेर्न र खाना निल्न गाह्रो हुने तथा सुन्निनेजस्ता लक्षण देखिन्छन् । कानमा संक्रमण भएमा रगत बग्ने तथा कान नसुन्ने हुन सक्छ ।
  • धुलो–धुवाँ र विभिन्न किसिमका प्रदूषणले नाकमा समस्या हुन सक्छ । खासगरी लामो समयसम्म काठको काम गर्ने मानिसमा धुलो नाकमा पस्ने सम्भावना हुन्छ । जसका कारण संक्रमण भई क्यान्सर हुने गर्छ । 


रोकथाम र उपचार

  • धूम्रपान, मद्यपान र धुवाँ–धुलोबाट बच्नुपर्छ । त्यस्तै, पिरो र पोलेको खानेकुरा बढी सेवन गर्नुहुँदैन । नाक, कान र घाँटीमा घाउ भएमा तुरुन्त उपचार गर्नुपर्छ । 
  • क्यान्सरका चरण विभिन्न हुन्छन् । त्यसैले, लक्षण देखिनासाथ सुरुवातीको चरणमै उपचार गर्न सकेमा जटिल क्यान्सर हुनबाट जोगिन सकिन्छ ।
  • क्यान्सर भइहालेमा सर्जरी, रेडियोथेरापी र किमोथेरापीबाट उपचार गर्न सकिन्छ ।


  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १८:२३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया