मिर्गाैला तस्करी आराेपमा पक्राउ परे निदान अस्पतालका सिइओ

काठमाडौं– नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मिर्गाैला किनबेचको आरोपमा ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेको छ । 

ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार नक्कली व्यक्ति देखाएर मिर्गाैला प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सिइओ प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मृगौला ग्रहण गर्ने शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरिएको हो । 

अस्पतालले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला क्रिकी किनबेच तथा प्रत्यारोपण गराएको देखिएको ब्यूरो जनाएको छ । 

आरोपीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअन्तर्गत अनुसन्धान तथा कारवाही सुरु गरिएको प्रवक्ता थपलियाले बताए ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १८:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया