मेसीलाई गोल्डेन बुट

एजेन्सी– अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन् ।

योसँगै यो अवार्ड उनले तीनपटक लगातार हात पारेका हुन् । यो नै यो अवार्डमा लगातार सबैभन्दा धेरै पटक अवार्ड जितेको रेकर्ड पनि हो । 

युरोपियन लिगमा यो सिजनमा सबैभन्दा धेरै गोल गरेकाले मेसीले यो उपाधि हात पारेका हुन् । उनले पेरिस सेन्ट जर्मनका स्ट्राइकर केलियन एम्बाप्पेलाई पछाडि पार्दै यो उपाधि आफ्नो नाममा दर्ज गराएका हुन् ।

यो सिजनमा एम्बाप्पेले ३३ गोल गरेका थिए । उनलाई जितेका मेसीले सिजनमा ३६ गोल गरेका थिए ।

योसँगै मेसी सर्वाधिक ६ पटक गोल्डेन बुट जित्ने खेलाडी बनेका छन् । उनलाई चार पटक गोल्डेन बुट जितेर पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पछ्याइरहेका छन् । मेसीले सन् २००९ -१० ,२०११-१२,२०१२-१३,२०१६-१७,२०१७-१८,२०१८ -१९ मा गाेल्डेन बुट जितेका हुन् ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार २२:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया