दैलेखमा चिनियाँ टाेली गर्दै छ पेट्राेलकाे अन्वेषण

दैलेख– शिरस्थान र निभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत दोस्रो चरणको काम सुरु हुन लागेको छ । 

नेपाल र चीनबीच भएको सम्झौताअनुसार, दोस्रो चरणमा पेट्रोलियम पदार्थ अन्वेषण हुन लागेको हो । यसपटक कुन भागमा कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालिने जनाएको छ । 

चिनियाँ प्राविधिक टोली दसैँअघि दैलेख पुगेको थियो । टोलीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र स्थानीय बासिन्दासँग छलफल गरेको थियो । अब केही दिनमै आवश्यक सरसामानसहित टोली आउने जनाएको छ । चिनियाँ टोलीसँग छलफल भएको र अब अन्वेषण थालिने प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । 

केही दिनभित्रै चिनियाँ टोली आवश्यक सरसामानसहित दैलेख आउने अन्वेषण परियोजनामा संलग्न गणेशराज त्रिपाठीले बताए । अब जिओलोजिकल सर्भे, म्याग्नेट सर्भेलगायतका काम हुने उनले बताए । जमिनको पाँच किलोमिटर मुनिसम्म ड्रिलिङ गरिनेछ । जसबाट पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्न सकिने उनले बताए । भएकोले सोहीअनुसार अनुसन्धान थालनी हुने भएको छ ।

गत २६ असारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थ अन्वेषणको उद्घाटन गरेएका थिए । त्यतिवेला १५ दिन अध्ययन तथा अनुसन्धान गरिएको थियो । त्यसपछि असोज दोस्रंो साता दैलेख पुगेको चिनियाँ टोलीले थप अध्ययन गरेको थियो । नेपाल र चीन सरकारबीच सम्झौता भएकाले अन्वेषणको काम परिणाममुखी हुने सांसद रवीन्द्रराज शर्माले बताए । पेट्रोलियम पदार्थ अन्वेषणका लागि प्राविधिक टोलीलाई सघाउन प्रदेश सभा सदस्य अमरबहादुर थापाले आग्रह गरे । स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारण मिलेर सहजरूपमा काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार २३:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया