विपीले सुरु गरेकाे चियापान नेकपाले पनि गर्न थाल्याे: देउवा

काठमाडाैं– कांग्रेस सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन् ।

पूर्व-प्रधानमन्त्री समेत रहेका देउवाले दसैं, तिहारजस्ता चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार्यक्रमलाई आफूले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउने अवसरको रुपमा लिएको बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार दसैं, तिहार, नेपाल संवत, छठ पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले विपी कोइरालाले दसैंको अवसर पारेर सुरु गरेको चियापान कार्यक्रम नेकपा लगायतका सबै राजनीतिक पार्टीहरुले पनि आयोजना गर्न लागेकोमा आभार व्यक्त गरे ।

सभापति देउवाले नेताहरुबीच शुभकामना आदानप्रदान गर्ने अवसरको रुपमा पनि चाडपर्वहरुलाई लिनुपर्ने बताए ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार २३:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया