सन्जय दत्तले प्रशंसा गरे श्रीमतीको

एजेन्सी– बलिउड अभिनेता सन्जय दत्त लामो समयपछि आफ्नो प्रोडक्सन हाउस ‘भर्जिन ट्री’को फिल्म ‘प्रस्थानम’बाट फेरि ठूलो पर्दामा पाइला चाल्दैछन् । उनकी पत्नी मान्यताले नै यो फिल्म निर्माण गरेकी हुन् । त्यसैले अब सन्जय विस्तारै यो फिल्मको प्रमोसनमा केन्द्रित हुन थालेका छन् । 

यही सन्दर्भ पारेर सन्जयले पत्नी मान्यताको तारिफ गरेका छन् । उनले मान्यताको तारिफ गर्दा आफू जेलमा रहेको समयको पनि स्मरण गरेका छन् । उनले भनेका छन् कि उनी जेलमा हुँदा मान्यताले काम, परिवार, बच्चाहरु तथा आफूलाई पनि निकै ध्यान दिएकी थिइन् ।

एक अन्तर्वार्तामा सन्जयले भनेका छन्, ‘मलाई मेरी पत्नीमाथि गर्व छ । म त्यति बेला जेलमा थिएँ । मान्यताले मेरो परिवार तथा हाम्रो व्यवसायलाई सम्हालिन् । उनको ध्यान सधैं परिवार, म, काममा थियो । उनी सधैं मेरो साथमा थिइन् र मलाई हरेक कदममा साथ दिइन् ।’

मान्यताले चाहिँ आफू र सन्जयले मिलाएकाले नै परिवारलाई त्यसरी अगाडि बढाउन सकेको जानकारी दिइन् । 





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार १०:९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया