दाङ– दाङको गढवामा बैठक बसिरहेको स्थानबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका २१ नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु एउटा घरमा बैठक बसिरहेका थिए । गस्तीमा गएको प्रहरीले त्यहाँ छापा मारेको थियो ।
गए राति २ बजेतिर नेपाल भारत सीमामा पर्ने उक्त ठाउँबाट उनीहरुलाई प्रहरीको गस्तीमा गएको टोलीले पक्राउ गरेको हो । दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले फरक धारलाई बताएअनुसार उनीहरुबाट ठूलो परिणाममा हातहतियार तथा विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।
प्रहरीले दाङबाट पक्राउ पर्नेको सूची सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेको पूरा विवरण
१) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
२) चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) - जिल्ला ईन्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल–वुद्धिजिवी
९) एकराज चौधरी - एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) - एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११) तिलक पुन - पूर्व जनमुक्ति सेना
१२) सुरज विक - दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका - पार्टी सदस्य
१४) पोष्टमान घर्ती - रोल्पा जिल्ला
१५) दल बहादुर घर्ती
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) कुल बहादुर वली
२१) विष्णु थापा
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।