एजेन्सी– भारतको रिजर्भ बैंकले २ हजारका नोटको छापइलाई रोकेको छ । यो आर्थिक वर्षमा एउटा पनि दुई हजारको नोट नछापिएको त्यहाँका मिडियाले उल्लेख गरेका छन् ।
सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र हजारका नोट अचानक बन्द गरेर २ हजारका नोट छाप्ने निर्णय गरेका थिए । तर, यसको व्यापक आलोचना भएको थियो ।
आर्थिक वर्ष २०१६–१७ मा भारतमा २ हजारका ३५४ करोड नोट छापिएको थियो । तर, यो अर्को वर्षमा ११ करोडमा सिमित भएको रिजर्भ बैंकका एक अधिकारीले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।