काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको उद्देश्य प्राप्तिका लागि फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताएका छन् ।
गृहजिल्ला चितवनमा बिहीबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपालाई कम्युनिस्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको बताए । उनले भने, ‘यो महान् उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौँ पनि । प्रतिक्रान्ति यसरी रोकिन्छ भनेर उदाहरण दिन पनि सक्छौँ ।’
नेकपा पार्टी र नेताहरूमा अलिअलि धुलोमैलो लागेको बताउँदै उनले भने, ‘उपचार नै नलाग्ने गरी क्यान्सर भएको होइन । ग्यास्टिक, अल्सर त्यतिसम्म होला, क्यान्सर भएको छैन, त्यसको उपचार छ, वलैमा उपचार गरौँ ।
पार्टीभित्र अराजकता र व्यक्तिवादले जन्म लिएको औँल्याउँदै उनले कम्युनिस्टहरूमा सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लागेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।