त्रिविद्वारा निजीतर्फको स्नातकाेत्तर परीक्षाकाे फाराम भर्ने समय थप

काठमाडौं– परीक्षा फाराम भर्ने विद्यार्थीको चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको स्रख्या बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । 

उनका अनुसार दोब्बर दस्तुरमा कात्तिक १९ गतेसम्मका लागि समय थप गरिएको छ । अहिलेसम्म जनप्रशासनमा पाँच हजार र राजनीतिशास्त्रमा ६ हजारले परीक्षा फाराम भरिसकेका छन् । शुक्रबारसम्म तोकिएको दस्तुर र १५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने समय तोकिएको थियो ।

गत वैशाखमा त्रिविले स्नातकोत्तर तहको जनप्रशासन र राजनीतिशास्त्र विषयको निजीतर्फको फाराम खुला गरेको थियो । सेमेस्टर प्रणाली सुरु भइसकेको र यस वर्ष निजीतर्फको अन्तिम परीक्षा हुने भएकाले फाराम भर्ने विद्यार्थीको संख्या बढेको हो । 





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार १५:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया