एजेन्सी– केराको बारेमा थाहा नभएको त कसलाई होला र ? तर, यसले गर्ने फाइदाबारे चाहिँ खासै धेरैलाई थाहा नहोला ।
आर्युवेदमा त झन् केराका फाइदाबारे निकै धेरै उल्लेख गरिएको छ । यसबारे पनि धेरैलाई थाहा नहोला ।
केरा खासमा ऊर्जाका लागि सबैभन्दा राम्रो स्रोत हो । यसमा आइरन, पोटासियम, म्याग्नेसियम पूरै मात्रामा पाइन्छ । विहान केरा खाने हो भने दिउँसोसम्म भोक पनि लाग्दैन ।
केरा खाँदा दुब्ला पातला मानिसहरुलाई मोटाउन पनि सहयोग गर्छ । खाना खाएपछि दुई वटा केरा खाने हो भने अलिक मोटाउन चाहनेहरुलाई एक महिनामा नै असर देख्न सकिन्छ । केरा खाँदा हाम्रो शरीरको हड्डी पनि बलियो हुन्छ ।
केरामा हेमोग्लोबिन बढाउने क्षमता पनि हुन्छ । जसमा रगतको कमी छ, उनीहरुले केरा खाँदा त अचम्मकै फाइदा देख्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।