मोरङ– समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले अब मोरङको विराटनगर पुष्पलाल चोकमा पनि शाखा सन्चालनमा ल्याएको छ । शाखाको उद्घाटन विराटनगर नगरपालिकाका मेयर भीम पराजुलीले गरेका हुन् ।
मेयर पराजुलीले कार्यक्रममा त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।
सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीले महिला जागृति तथा वृद्ध आश्रमलाई २५ हजारको रुपैयाँको चेक पनि हस्तान्तरण गरे ।
योसँगै सिभिलको शाखा एक सय पुगेको छ भने एटिएम संख्या ६५ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।